अपराध

भूपेन्द्र हत्या प्रकरण : थप एक आरोपी पक्राउ, मुख्य अभियुक्त सहित ६ जना अझै फरार

Banner

धनगढी, मंसिर ६-

कैलालीका २२ वर्षीय युवक भूपेन्द्र बडुवालको हत्या घटनापछि फरार अर्का आरोपी पक्राउ परेका छन्।

कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टका अनुसार आरोपी शाहीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको समन्वयमा धरान उपमहानगरपालिका-४ बाट नियन्त्रणमा लिइएको हो।

प्रकाउ पर्नेमा लम्कीचुहा नगरपालिका–३ चिसापानीका १९ वर्षीय मदन शाहीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको समन्वयमा धरानबाट पक्राउ गरिएको विष्टले जानकारी दिए ।

कात्तिक २३ गते राति लम्कीचुहा नगरपालिका-१ लम्की बजारका भूपेन्द्रको टीकापुर नगरपालिका–१ मा चक्कु प्रहार गरेर एक समूहले हत्या गरेको थियो ।

भूपेन्द्रको हत्याका आरोपी लम्कीचुहा नगरपालिका–३ का २० वर्षीय आर्यन देवकोटा, २४ वर्षीय महेश रावल, २० वर्षीय धीरज शाही, लम्कीचुहा–१ बस्ने १८ वर्षीय निशान मल्ल, २२ वर्षीय कपिल श्रेष्ठ, टीकापुर नगरपालिका–१ का २२ वर्षीय प्रविन रिमाल, २६ वर्षीय सोहन शाह र २१ वर्षीय रोहित आले र विकास खड्कालाई शाहीसहितका १० जना पक्राउ परेका छन् ।

त्यस्तै घटनाका मुख्य अभियुक्त भनिएका चिसापानीका नवीन रावलसहितका ६ जना फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>