Breaking News

अन्तर्राष्ट्रिय सीमा खोल्ने अष्ट्रेलियाको घोषणा,डिसेम्बर १ देखि विद्यार्थी र कामदारले प्रवेश पाउने

Banner

एजेन्सी,मंसिर ६-

अष्ट्रेलियाले अन्तर्राष्ट्रिय सीमा खुला गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री स्कट मरिसनले आज पत्रकार सम्मेलन गर्दै डिसेम्बर १ देखि अन्तर्राष्ट्रिय विद्यार्थीसहित दक्ष कामदारलाई प्रवेश अनुमति दिइने जनाए । त्यहाँका ८५ प्रतिशत जनसंख्याले कोभिड-१९ विरुद्धको खोप लगाइसकेपछि सरकारले यस्तो निर्णय लिएको हो । विदेशीको लागि सीमा खुला गर्ने निर्णयसँगै झन्डै २ लाख भिसावाहक विदेशी तत्कालै अष्ट्रेलियामा भित्रिने अपेक्षा गरिएको छ ।

डिसेम्बर १ देखि पूर्णमात्रा खोप लगाएका र दक्ष कामदारसहितका विद्यार्थीले प्रवेश पाउने जनाइएको छ । तर, अष्ट्रेलिया जाने विद्यार्थीले क्वारेन्टिन बस्नुपर्छ वा पर्दैन भन्ने निर्णय चाहिँ सम्बन्धित राज्य सरकारले गर्ने भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>