क्रिकेट
महिला टि–२० विश्वकप एसिया छनोटः नेपाल आज हङकङसंग भिड्दै

काठमाडौँ, मंसिर ६–
यूएईमा आजदेखि सुरु हुन लागेको आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले आज हङकङसँग भिड्दै छ।
खेल नेपाली समय अनुसार बिहान ११ः१५ बजेबाट दुबईस्थित आईसीसी एकेडेमी मैदानमा हुनेछ ।
ग्लोबल छनोटमा पुग्ने लक्ष्यसहित कतारबाट सिधै यूएई पुगेको नेपालले पहिलो खेल जित्दै सुखद सुरुआत गर्ने योजनामा छ ।
सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी–२० विश्वकपको रोडम्यापको रुपमा रहेको एसिया क्षेत्रको छनोटमा कुल ६ टिमले प्रतिस्पर्धा गर्दैछन् । सिंगल राउण्ड रोविन खेलपछि शीर्ष स्थानमा रहने टिम सिधै ग्लोबल क्वालिफायरमा पुग्नेछ । छनोटमा नेपाल र हङकङसहित यूएई, मलेसिया, भुटान र कुवेतले प्रतिस्पर्धा गर्नेछन् ।
नेपाली टिम
रुबिना क्षेत्री (कप्तान), सीता रानामगर, डली भट्ट, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योती पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, रोमा थापा र संगीता राई ।
























