Breaking News

चितवनमा कांग्रेसको क्षेत्रीय अधिवेशनः यी हुन् सभापतिदेखि सह–सचिवसम्मका उम्मेद्वार (सूचीसहित)

Banner

चितवन, मंसिर ५–

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत चितवनमा आज आइतबार)देखि क्षेत्रीय निर्वाचन प्रक्रिया सुरु भएको छ ।

अधिवेशन अन्तरगत आज (आइतबार) तीन वटै निर्वाचन क्षेत्रमा उम्मेद्वारी दर्ता गरिएको छ । क्षेत्र नं.१ को सभापतिमा इन्द्रकमल बुढाथोकी र किरण भुषण ओलीले उम्मेद्वारी दर्ता गराएका छन् । यस्तै सचिवमा किशोर खनाल, उमेश गिरी, शिवनारायण चौधरी, दिपकराज पौडेल र महेश्वर थपलियाले उम्मेद्वारी दर्ता गराएका छन् ।

त्यस्तै सह–सचिवमा गणेश थपलिया, दिपनारायण चौधरी, नवराज भुषाल, माधव प्रसाद पौडेल र विष्णुहरि थापाले उम्मेद्वारी दर्ता गराएको जिल्ला निर्वाचन अधिकृत कमल मोहन पोखरेलले नारायणी अनलाइनलाई जानकारी दिए ।

यस क्षेत्रमा ९१० जना मतदाता रहेका छन् । यस निर्वाचनबाट क्षेत्रीय समितिसंगै महाधिवेशन प्रतिनिधि समेत निर्वाचित हुनेछन् । यस क्षेत्रको मतदान होटल स्टार व्याङक्वेट, रत्ननगर निपनीमा हुनेछ ।

यसैगरि क्षेत्र नं.२ को सभापतिमा भरत प्रसाद लामिछाने र लक्ष्मण गुरुङले उम्मेद्वारी दर्ता गराएका छन् । सचिवमा काशीराम गिरी, ध्रुवराज सुवेदी, निर्मल कुमार राना, प्रल्हाद उप्रेती र विकास पौडेलले उम्मेद्वारी दर्ता गराएका छन् ।

सह–सचिवमा इन्द्रबहादुर घलान, कृष्णकुमारी पन्त, विष्णुहरि खनियाँ, भवानीदेवी अधिकारी, महेन्द्र थापा मगर, रामजी पौडेल र श्रृजना बसौला देवकोटाले उम्मेद्वारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए । यस निर्वाचन क्षेत्रमा ९६९ मतदाता रहेका छन् । यस क्षेत्रबाट पनि क्षेत्रीय समितिसंगै महाधिवेशन प्रतिनिधि पनि चयन हुने छन् । यस क्षेत्रको मतदान उद्योग वाणिज्य संघ–चितवन, नारायणगढमा हुनेछ ।

त्यसैगरि क्षेत्र नं.३ को सभापतिमा पाँच जनाको उम्मेद्वारी परेको छ । जिल्ला निर्वाचन अधिकृत पोखरेलका अनुसार सभापतिमा अमृत बहादुर बानियाँ, जगन्नाथ कडेल, दामोदर न्यौपाने, देवेन्द्र प्रकाश क्षेत्री र लालबहादुर दवाडीले उम्मेद्वारी दर्ता गराएका छन् ।

सचिवमा तुलाराम गुरुङ, दीपक कुवँर, नविन न्यौपाने, बृजा महतो, दिलकुमार महतो, सरस्वती पाण्डे र नेत्रप्रसाद सापकोटाले उम्मेद्वारी दर्ता गराएका छन् । सह–सचिवमा सृजना अधिकारी लामिछाने, लक्ष्मी प्रसाद सापकोटा, गणेशप्रसाद कँडेल, इन्दिरा भुषाल कंडेलले उम्मेद्वारी दर्ता गराएको जिल्ला निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए ।

यस क्षेत्रमा ९६० मतदाता रहेका छन् । यस क्षेत्रबाट पनि क्षेत्रीय समितिसंगै महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । यस क्षेत्रको मतदान शहिद स्मारक कलेज, शारदानगरमा हुनेछ ।

निर्वाचन तालिका अनुसार मतदान कार्य भोलि (सोमबार) विहान ९ बजेदेखि दिउँसो २ बजेसम्म चल्ने निर्वाचन अधिकृत पोखरेलले नारायणी जानकारी दिए । उनका अनुसार मतदान सकिएपछि तत्काल मतगणना सुरु गरिनेछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>