चितवन विशेष

बालगृहलाई व्यवस्थित बनाउन चितवनमा छलफल

Banner

चितवन, मंसिर ५–

चितवनमा आवासीय बालगृह सञ्चालन र व्यवस्थापन मापदण्डबारे छलफल भएको छ ।

देशभरका बालगृह व्यवस्थापनमा कमीकमजोरी देखिन थालेपछि राष्ट्रिय बालअधिकार परिषद्ले आइतबार भरतपुरमा अन्तरक्रिया कार्यक्रम गरेको हो । आवासीय बालगृह संचालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०६९ र विद्यमान कानुनी व्यवस्था बारे बालगृह संचालक तथा पदाधिकारीहरुलाई अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

राष्ट्रिय बालअधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलको अध्यक्षतामा भएको अन्तरक्रियामा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले कार्यक्रमको उद्घाटन गरेकी हुन् । सो क्रममा बोल्दै मन्त्री रेग्मीले बालबालिकाको रेखदेखमा सक्रिय रहेको बालगृहहरु व्यवस्थित रुपमा संचालन हुनु पर्ने बताइन् । उनले धेरै बालगृह व्यवस्थित रहेपनि अझै व्यवस्थित गर्न आवश्यक रहेको औल्याइन् ।


कार्यक्रममा स्वागत गर्दै राष्ट्रिय बालअधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले नेपालमा धेरै बालगृह तथा सुधार केन्द्रहरु व्यवस्थित हुँदै गइरहेको भन्दै अझै राम्रो गरेर देशविदेशलाई देखाउन आवश्यक रहेको बताए । उनले अभिभावक विहीनलाई मात्रै बालगृहमा राख्ने र अभिभावक पत्ता लागेकाहरुलाई परिवारकै जिम्मा लगाउनका लागि भूमिका खेल्नुपर्ने बताए ।

कार्यक्रममा सुनिता शाहले कार्यपत्र प्रस्तुत गर्नुका साथै विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुले सुझावसहित बालगृह सञ्चालनमा अपनाउनु पर्ने मापदण्ड बनाउन सुझाव दिएका थिए । कार्यक्रममा भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरी, शक्ति समूहकी अध्यक्ष चरिमाया तामालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन देवकी आचार्यले गरेकी थिइन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>