देश/प्रदेश

पर्सामा धान झार्ने थ्रेसरले च्यापेर एक बालकको मृत्यु

Banner

पर्सा, मङ्सिर ५-

पर्सामा धान झार्ने थ्रेसरले च्यापेर एक बालकको मृत्यु भएको छ ।

शनिबार राति साढे ८ बजे ना६त ५०४५ नं.को ट्याक्टरमा थ्रेसर जडान गरी धान झार्न लैजाँदै गर्दा अचानक थ्रेसर पल्टिएर बालकलाई किचेको हो ।

थ्रेसरले च्यापेर गम्भीर घाइते भएका जगरनाथपुर गाउँपालिका- ६ माधवपुर बस्ने भुटेश्वर साहको ८ वर्षीय छोरा ओमबाबु साहको उपचारको क्रममा राति साढे ९ बजे अस्पतालमा मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालका अनुसार उनको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।

त्यस्तै थ्रेसर र ट्याकटर नियन्त्रणमा प्रहरी छ भने ट्याक्टर चालक भने फरार भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>