Breaking News

कांग्रेस १४औं महाधिवेशनः चितवनमा आज क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधि निर्वाचन प्रक्रिया सुरु

Banner

चितवन, मंसिर ५–

नेपाली कांग्रेस १४औं महाधिवेशन अन्तरगत चितवनमा आज (आइतबार) क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधिहरुको उम्मेद्वारी दर्ता हुँदैछ ।

जिल्ला निर्वाचन अधिकृत कमल मोहन पोखरेलका अनुसार चितवन क्षेत्र नं.१ को होटर स्टार व्याङक्वेट रत्ननगर, निपनीमा निर्वाचन प्रक्रिया सुरु हुँदैछ । क्षेत्र नं.२ को उद्योग वाणिज्य संघ, चितवन, नारायणगढ र क्षेत्र नं.३ को शहिद स्मारक कलेज, शारदानगरमा निर्वाचन प्रक्रिया सुरु हुने जिल्ला निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए ।

आज उम्मेद्वारी दर्तापछि भोलि (सोमबार) मतदान सुरु हुने उनले जानकारी दिए । निर्वाचन तालिका अनुसार आज विहान ९ बजे मतदाता नामावली प्रकाशन गरिने छ । दावी विरोध पश्चात १० बजे अन्तिम नामावली प्रकाशन गरिने छ र सोही बेला देखि उम्मेद्वारी दर्ताको प्रक्रिया सुरु गरिने निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए ।

उम्मेद्वारी दर्ताको समय दिउँसो १२ः३० बजेसम्मलाई तोकिएको छ । दिउँसो १ बजे उम्मेद्वारहरुको नामावली प्रकाशन गरिने छ । दावी, विरोध, जाँचबुझ र उम्मेद्वारी फिर्ता पश्चात अपरान्ह ४ बजे उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गरिने छ ।

नयाँ नेतृत्वका लागि भोलि (सोमबार) विहान ९ बजेदेखि दिउँसो २ बजेसम्म मतदान चल्ने निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए ।

यो निर्वाचनलाई निकै महत्वका साथ हेरिएको छ । महाधिवेशन प्रतिनिधि समेत चयन हुने भएकाले यसलाई चासोका साथ हेरिएको छ । जिल्लाको पदाधिकारीमा उम्मेद्वारी दिन महाधिवेशन प्रतिनिधि हुनुपर्ने अनिवार्य छ । महाधिवेशन प्रतिनिधिमै पराजित भए जिल्ला नेतृत्वमा दावी गर्न पाउने छैनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>