अर्थ

चितवन र मकवानपुरमा ग्लोबल आईएमई बैंकको वित्तीय साक्षरता कार्यक्रम

Banner

चितवन,मंसिर ४-

ग्लोबल आईएमई बैंकले शनिबार चितवन र मकवानपुरका विभिन्न ठाउँहरुमा एकैसाथ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले चितवनको गीतानगर, माडी, भण्डारा र मकवानपुरको हेटौँडामा डिजिटल भुक्तानि सम्बन्धी साक्षरता कार्यक्रम गरेको हो ।

कार्यक्रममा बोल्दै बैंककी प्रमुख बजार प्रबन्धक शान्ता सिवाकोटीले डिजिटल प्रविधिको बढ्दो लोकप्रियता र निकट भविष्यमा आउन सक्ने अनिवार्यताका कारण सबैले आजैदेखि बैंकका विभिन्न डिजिटल सेवाहरुमा अभ्यस्त हुँदै दैनिक जीवनमा प्रयोग बढाउनुपर्नेमा जोड दिनुभयो । आधुनिकीकरण र सूचना तथा सञ्चारको बढ्दो प्रयोगले भविष्यमा विश्वमा नगद कारोबारको संख्या घट्दै जाने र छिटो छरितो सेवा आवश्यक पर्ने भएको हुँदा आजैदेखि डिजिटल सेवा लिनुको विकल्प नरहेको बताउनुभयो ।

कार्यक्रममा बैंकले आफ्ना ग्राहकवर्गहरुलाई प्रत्यक्ष रुपमा बैंकका विभिन्न डिजिटल सेवाहरुलाई मोबाइलबाट कसरी दर्ता गर्ने र भुक्तानि गर्ने भन्ने विषयमा सिकाइएको थियो । कार्यक्रममा ग्लोबल आईएमई बैंकका ट्रान्जेक्सन बैंकिक प्रमुख प्रकाश पौडेल, बैंकका वाग्मती प्रदेशका प्रदेश उपप्रमुख विदुर ज्ञवाली, नारायणगढ शाखा प्रबन्धक लक्ष्मण पौडेल, गीतानगर शाखा प्रमुख देवेन्द्र अधिकारी, रामपुर प्रमुख श्रृष्टी लोहनी, भण्डारा शाखा प्रमुम मनोज विक, माडी शाखा प्रमुख प्रताप लामा, हेटौँडा शाखा प्रमुख विवेकानन्द अर्याल, बैंकका केन्द्रीय कार्यलयका नरेन्द्र देवकोटा लगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>