Breaking News

चितवनबाट प्रचण्डको प्रष्टिकरणः रामदेव परम्परावादी धर्म भिरु होइनन्

Banner

चितवन, मंसिर ४–

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामदेव परम्परावादी धर्म भिरु नभएको बताएका छन् ।

हेलिकप्टर मार्फत आज (शनिबार) अपरान्ह भरतपुर आइपुगेका अध्यक्ष दाहालल यस्तो बनाएका हुन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रम प्रचण्डले रामदेवलाई क्रान्तिकारी व्यक्ति भनेपछि सामाजिक संजालमा चर्चा चलिरहेको छ । सोही विषयमा पत्रकारले राखेको जिज्ञासामा अध्यक्ष दाहालले रामदेव अरुजस्तो धर्म भिरु नभएको र योगबाट आरोग्य, आरोग्यबाट उद्योग भनेर उत्पादक शक्ति विकास गर्ने कुरामा अघि बढेकाले रामदेव फरक खालको व्यक्ति भएको बताए । ‘अरुजस्तो धर्म भिुर होइनन् रामवेद, मलाई त्यही कुरा उहाँकै अगाडि भन्या हुँ’ अध्यक्ष दाहालले भने ‘अरुजस्तो रुढीबादी जातपात मान्ने, हिन्दुबादी मान्नुपर्छ भन्ने पनि होइनन् उहाँ ।’ उनले थपे–‘रामदेव परम्परावादी धर्म भिरु होइनन्, उनी बैज्ञानिक ढंगबाट नै सोच्छन् ।’

उनले यसअघि पनि आफ्नो घरमा रामदेव र आचार्य बालकृष्ण आइरहने भन्दै अहिले एयरपोर्टबाट सिधै आफ्नो घर पुग्नुमा आश्चार्य मान्न नपर्ने बताए । उनले आचार्य बालकृष्णले सीता दाहाललाई आमा मान्ने गरेकाले अरु बेला पनि आउजाउ गर्ने गरेको स्पष्टिकरण दिए । अध्यक्ष दाहालले रामदेवले संचालन ल्याएको दुई वटा टिभीको बारेमा आफूलाई स्पष्ट जानकारी नभएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>