देश/प्रदेश
चितवनमा हुने एमाले महाधिवेशनको प्रचारका लागि बेलुन उडाइयो
०

काठमाडौं, मंसिर ४-
नेकपा (एमाले)ले चितवनमा हुने दशौँ महाधिवेशनको प्रचारका लागि आज पार्टी मुख्यालय थापाथलीबाट बेलुन उडाएको छ । पार्टीका महासचिव ईश्वर पोखरेलले बेलुन उडाएका हुन् ।
बेलुनमा दशौँ राष्ट्रिय महाधिवेशनअंकित लोगो र पार्टीको चुनाव चिह्न सूर्य रहेको छ । कार्यक्रममा एमाले सचिव योगेश भट्टराई, केन्द्रीय सदस्य सूर्य थापा, सुजिता शाक्यलगायतको उपस्थिति थियो ।
आजै युवा संघ नेपालले महाधिवेशनको प्रचारका लागि काठमाडौंमा मोटरसाइल ¥याली गरेको छ । ललितपुरको बालकुमारीबाट सुरु भएको ¥याली लगनखेल, जावलाखेल, माइतीघर, बिजुलीबजार हुँदै बानेश्वर पुगेको संघका अध्यक्ष किरण पौडेलले जानकारी दिए । महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ । महाधिवेशनमा एक हजार १९९ प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























