Breaking News
कांग्रेस चितवन क्षेत्र नं.३(क)को सभापतिमा सापकोटा निर्वाचित
०

चितवन, मंसिर ४–
नेपाली कांग्रेस १४औँ महाधिवेशन अन्तरगत चितवन क्षेत्र न.३ (क) प्रदेश सभापतिमा खेमनारायण सापकोटा निर्वाचित भएका छन् ।
शुक्रबार भएको निर्वाचनबाट ३०८ मतका साथ सापकोटा सभापतिमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्धन्द्धी कमलनाथ पौडेलले १५८ र शालिकराम पौडेलले ११८ मत प्राप्त गरे ।
यस्तै उपसभापतिमा आशबहादुर गुरुङ (४५२) र सूर्यकला अधिकारी कोइराला (२४१) मतका साथ निर्वाचित भएका छन् ।
त्यस्तै सचिवमा ठाकुरप्रसाद पौडेल (३६०) र आनन्द प्रसाद सुवेदी (३४०) निर्वाचित भएका छन् ।
यस्तै सहसचिवमा डिलु गुरुङ (२९३) र भरत अधिकारी (११०) निर्वाचित भएका छन् । सहसचिवमा ९ जनाबीच प्रतिस्पर्धा भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























