Breaking News

कांग्रेस चितवन क्षेत्र नं.१(क)को सभापतिमा गणेश मल्ल निर्वाचित

०
Banner

चितवन, मंसिर ४–

नेपाली कांग्रेस १४औँ महाधिवेशन अन्तरगत चितवन क्षेत्र न.१ (क) प्रदेश सभापतिमा गणेश मल्ल ठकुरी निर्वाचित भएका छन् ।

निर्वाचनमा ठकुरीको प्यानलै विजयी बनेको हो । ठकुरीले १७६ मत प्राप्त गरे । उनका निकटम प्रतिद्धन्द्धी कृष्ण श्रेष्ठले १७५ मत प्राप्त गरे ।

ठकुरी मात्र १ मतले सभापतिमा निर्वाचित भएका हुन् ।

उपसभापतिमा राजु चौधरी र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै सचिवमा संगीता चौधरी र दिपेन्द्र रोक्का निर्वाचित भएका छन् ।

यसैगर सह–सचिवमा कृष्णप्रसाद पाठक र पदम मोक्तान निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>