Breaking News

कांग्रेस चितवन क्षेत्र नं.१(क)को सभापतिमा गणेश मल्ल निर्वाचित

Banner

चितवन, मंसिर ४–

नेपाली कांग्रेस १४औँ महाधिवेशन अन्तरगत चितवन क्षेत्र न.१ (क) प्रदेश सभापतिमा गणेश मल्ल ठकुरी निर्वाचित भएका छन् ।

निर्वाचनमा ठकुरीको प्यानलै विजयी बनेको हो । ठकुरीले १७६ मत प्राप्त गरे । उनका निकटम प्रतिद्धन्द्धी कृष्ण श्रेष्ठले १७५ मत प्राप्त गरे ।

ठकुरी मात्र १ मतले सभापतिमा निर्वाचित भएका हुन् ।

उपसभापतिमा राजु चौधरी र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै सचिवमा संगीता चौधरी र दिपेन्द्र रोक्का निर्वाचित भएका छन् ।

यसैगर सह–सचिवमा कृष्णप्रसाद पाठक र पदम मोक्तान निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>