चितवन विशेष

कांग्रेस चितवन क्षेत्र नं. २ (ख)को सचिवमा कृष्ण विलास अधिकारी निर्वाचित

Banner

चितवन, मंसिर ३–

नेपाली कांग्रेस १४औं महाधिवेशन अन्तरगत चितवन क्षेत्र नं.२ (ख) प्रदेश समितिको सचिवमा युवा नेता कृष्ण विलास अधिकारी निर्वाचित भएका छन् ।

शुक्रबार भएको निर्वाचनबाट २८९ मतका साथ अधिकारी सचिवमा निर्वाचित भएका हुन् । उनीसंगै १९८ मतका साथ महेन्द्रराज पौडेल पनि सचिवमा निर्वाचित भएका छन् ।

सचिवमा निर्वाचित अधिकारी विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा पाइला चालेका छन् । यसअघि अधिकारी नेपाली कांग्रेस वडा नं.१० को सचिव थिए । उनी युवाहरु माझ लोकप्रिय छन् ।

सचिवमा निर्वाचित भएसंगै पार्टीलाई थप बलियो बनाउन आफू लागि पर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>