Breaking News

कांग्रेस चितवन क्षेत्र नं.२(ख)को सभापतिमा रोशन शाही निर्वाचित (मतसहित)

Banner

चितवन, मंसिर ३–

नेपाली कांग्रेस १४औँ महाधिवेशन अन्तरगत चितवन क्षेत्र नं. २ (ख) प्रदेश सभापतिमा रोशन शाही ठकुरी निर्वाचित भएका छन् ।

शुक्रबार राति सकिएको मतपरिणाम अनुसार ठकुरीले २६१ मतका साथ सभापतिमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्धन्द्धी करुणाकान्त पोख्रेलले १९८ र रचन कार्कीले २३ मत प्राप्त गरे ।

यस्तै उपसभापतिमा जानकी पौडेल सापकोटा (२५४) र महेन्द्रराज पौडेल (१९८) मतका साथ विजयी भएका छन् । यस्तै सचिवमा कृष्ण विलास अधिकारी (२८९) र रविभन्द्र शर्मा खनाल (२१२) मतका साथ विजयी भएका छन् ।

सह–सचिवमा बसन्त ढकाल र सजनी भन्तना विजयी भएको जिल्लाका मुख्य निर्वाचन अधिकृत कमलमोहन पोख्रेलले नारायणी अनलाइनलाई जानकारी दिए ।

यस क्षेत्रको निर्वाचन सगोल पार्टी प्यालेस यज्ञपुरीमा भएको थियो । यहाँ कुल ४९२ जना मतदाता रहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>