चितवन विशेष
शब्द भ्रमणको क्रममा सैग्रेस चितवनमा, कार्यक्रममा युवायुवतीको घुइँचो
०

चितवन मङ्सिर ३ –
शब्द भ्रमणको क्रममा सैग्रेस पोख्रेल आज (शुक्रबार) चितवन आउनु भएको छ।
बिगत केही समयदेखि शब्द भ्रमणको क्रममा रहनुभएका सैग्रेस धरानको यात्रा सकाएर चितवन आउनु भएको हो ।
चितवनका नाटककार भुवन तिवारीको आयोजनामा भरतपुर – १० को चितवन गार्डेन रेसोर्ट्को सभा हालमा उहाँको कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ ।
पछिल्लो समय टिकटक तथा युट्युवमा कथा बचक (स्टोरी टेलर) को रुपमा परिचीत रहनुभएका उहाँले आज कार्यक्रममा आफ्ना चर्चित कथा वाचन गर्नुका साथै दर्शकहरुका जिज्ञासाको सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रममा युवायुवतीको घुइँचो लागेको थियो । साइग्रेसका कथा पछिल्लो समय युवा युवतीका माझ लोकप्रिय छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























