Breaking News

कांग्रेस महाधिवेशनः चितवनका ६ ठाउँमा आज प्रादेशिक निर्वाचन

Banner

चितवन, मंसिर ३–

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत आज (शुक्रबार) प्रदेश सभा निर्वाचन क्षेत्रमा अधिवेशन हुँदैछ ।

चितवनमा प्रदेश सभातर्फ ६ वटा निर्वाचन क्षेत्र रहेका छन् । ती क्षेत्रको नयाँ नेतृत्वका लागि अधिवेशन हुन लागेको हो । प्रदेश क्षेत्र नं.१ (क) को लागि खैरहनी नगरपालिकाको पुन समाजको भवनमा निर्वाचन हुँदैछ ।

क्षेत्र नं. १ (ख)का लागि होटेल सेभेनस्टार टाँडीमा निर्वाचन हुँदैछ ।
यस्तै प्रदेश सभा क्षेत्र नं. २ (क)को उद्योग वाणिज्य संघ, चितवन, नारायणगढमा निर्वाचन हुँदैछ भने २ (ख)को निर्वाचन भरतपुर–४ यज्ञपुरीस्थित संगोल पार्टी प्यालेसमा हुँदैछ ।

त्यस्तै प्रदेश सभा क्षेत्र नं. ३ (क)को शहिद स्मृति कलेज शारदानगर र ३ (ख)को सत्कार पार्टी प्यालेस पार्वतीपुरमा निर्वाचन हुने तय भएको कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>