बजार

शिवम् सिमेन्टद्वारा निर्माणकर्मीहरुको ५ लाखको दुर्घटना बिमा

Banner

काठमाडौँ, मंसिर ३–

शिवम् सिमेन्ट लि.ले देशका विभिन्न स्थानहरुमा दक्ष प्राविधिकद्वारा निर्माणकर्मीहरुसंग परामर्श तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथै हरेक सहभागि निर्माणकर्मीहरुको लागि ५ लाख बराबरको दुर्घटना बिमा गरी बिमा पोलिसी सोही कार्यक्रम मार्फत हस्तान्तरण गरिएको छ ।

दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरु हरेक दिन जोखिमपूर्ण कार्यहरु गर्दै आईरहेकाले जोखिमलाई मध्यनजर गर्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरुको लागि निःशुल्क दुर्घटना बिमा योजना ल्याएको हो । देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तक्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकर्मीहरुको लागि रु ५ लाख बराबरको जोखिम बहन गर्ने गरी बिमा गरेको थियो । पहिलो चरण अन्र्तगत हालसम्म काठमाडौं, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरी जिल्लालगायतका विभिन्न १६ स्थानमा १ हजार भन्दा बढी निर्माणकर्मीहरुसंग प्राविधिक अन्तक्रिया गरी उनीहरुको जोखिम बिमा गराई सकेको कम्पनी प्रतिनिधीले बताएका छन् ।

कार्यक्रममा दक्ष एवं अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनोट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आईपर्ने निर्माण सम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराईएको थियो । उक्त कार्यक्रममा सम्बन्धीत क्षेत्रका शिवम् सिमेन्टका वितरकहरु, उद्योगी, व्यवसायी लगायतका उपस्थिति रहेको थियो । शिवम् सिमेन्टले आगामी दिनहरुमा समेत शिवम् सिमेन्टका विक्रेताहरुसंगको समन्वयमा यस अन्तक्रिया तथा निःशुल्क बिमा कार्यक्रम निरन्तर संचालन गर्ने कम्पनीले जनाएको छ ।

शिवम् सिमेन्ट सन् २००९ देखि प्रदेश राजधानी हेटौँडामा स्थापित छ । यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओपिसी सिमेन्ट बन्न सफल भएको हो ।

नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा ISI, URS प्रमाणित ISO Certificate प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>