क्रिकेट
कतारविरुद्ध नेपालको क्लिन स्वीप (फोटो फिचर)

काठमाडौँ, मंसिर २–
कतारविरुद्धको पहिलो टि–२० आई सिरिज नेपाली महिला राष्ट्रिय टिमले क्लिन स्वीप गरेको छ । अन्तिम खेलमा बिहीबार कतारलाई १०९ रनको फराकिलो अन्तरले पराजित गर्दै टि–२० ऋंखला ३–० ले क्लिन स्वीप गरेको हो ।

नेपालले दिएको १६५ रनको लक्ष्य कतारले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै ५५ रन मात्रै बनाउन सक्यो । उसका लागि अलिना खानले १९, आयसाले १३ रन बनाए । अन्य व्याटरले दोहोरो अंक जोड्न सकेनन् । नेपालका लागि सबनम राई, सरस्वती कुमारी चौधरी र रुविना क्षेत्रीले एक/एक विकेट लिए ।

यसअघि पहिले व्याटिङ गरेको नेपालले सीता राना मगरको अविजित ८२ रनको मद्धतमा १६४ रनको विशाल योगफल तयार पारेको थियो । निर्धारित ओभरमा ३ विकेट गुमाउँदै नेपालले १६४ रन बनाउन सफल भएको थियो । यस्तै ज्योति पाण्डेले २४, सरिता मगरले १७ र डली भट्टले १२ रन बनाइन् ।
नेपालले पहिलो र दोस्रो खेलमा पनि कतारविरुद्ध फराकिलो अन्तरले जित हात पारेको थियो । अब नेपाली टोली महिला टि–२० विश्वकपको एशिया छनोटका लागि युएई प्रस्थान गर्नेछ ।



























