देश/प्रदेश
प्रचण्डलाई स्वागत गर्न महोत्तरीको रामगोपालपुर नगरपालिकामा सार्वजनिक बिदा

महोत्तरी, मंसिर १-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्वागत गर्न रामगोपालपुर नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।
नगरपालिकाभित्रमा नवनिर्मित स्वास्थ्य संस्था उद्घाटनको लागि प्रचण्ड आउने भएपछि स्वागतको लागि आज एक दिनको बिदा दिएको हो ।
मेयर अशोककुमार मण्डलले जारी गरिएको प्रेस विज्ञप्तिमा अध्यक्ष प्रचण्डको स्वागतका लागि मंसिर १ गते बुधबार सार्वजनिक बिदाको घोषणा गरेका हुन् । नगरपालिकाले सार्वजनिक बिदा दिएपछि सामाजिक सञ्चालनमा आलोचना भएको छ ।
नगरपालिका अन्तर्गतका आधारभूत स्वास्थ्य केन्द्रहरू वडा नम्बर २, ३, ४, ६, ७, ८ र ९ को उद्घाटनका लागि प्रचण्ड महोत्तरी आउने कार्यक्रम रहेको नगरपालिकाको सो विज्ञप्तिमा उल्लेख रहेको छ । प्रचण्डले आज मध्यान्ह १२ बजे रामगोपालपुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको खुला सभालाई सम्बोधन गरेका छन् ।

























