चितवन विशेष

नेपाल जर्नी अपागंमैत्री पुस्तकालय शिलान्यास, भरतपुरकी मेयर दाहालद्वारा २५ लाख सहयोग गर्ने घोषणा

Banner

चितवन, मंसिर १–

सामाजिक संस्था नेपाल जर्नीले भरतपुर महानगरपालिका–४ छहारी बसपार्कमा नेपालकै नमुना नेपाल जर्नी अपागंमैत्री सार्वजनिक पुस्तकालय भवनको शिलान्यास गरेको छ ।

नेपाल जर्नीकी अमेरिका अध्यक्ष मौसमी श्रेष्ठको परिकल्पना अनुसार उनकै नेतृत्वमा पुस्ताकालय निर्माण हुन लागेको हो । सो पुस्तकालयको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले शिलान्यास गरिन् । सो क्रममा बोल्दै मेयर दाहालले मौसमी श्रेष्ठ र उनको टिमले नेपालकै नमुना नेपाल जर्नी अपागंमैत्री सार्वजनिक पुस्तकालय स्थापना गर्न लागेकाले महानगरका तर्फबाट २५ लाख रुपैया सहयोग प्रदान गर्ने घोषाणा गरिन् ।

२ वर्ष भित्रमै निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाउन मेयर दाहालले आग्रह गरिन् । कार्यक्रममा एनआरएनए अन्तराष्ट्रिय समन्वय समितिका सचिव गौरी जोशी, एनआर एनए अमेरिका अध्यक्ष बुद्धिसागर सुबेदीसहितको एनआरएनए अमेरिका टिमले ३० लाख रुपैयाँ सहयोग गर्ने बताएको थियो ।

यो पुस्तकालय नेपालकै नमुना, ब्यवस्थित र बहुआयामिक हुने नेपाल जर्नी संस्थाकी अध्यक्ष श्रेष्ठले बताइन । देशमा भूकम्प गएका बेला नेपालमा रहँदा नेपालीमा परेको पीडाबाट दुखित भएर पीडामा परेकाहरुको हितका साथै देशमा शैक्षिक विकासका लागि काम गर्न आफूले अमेरिकामा संस्था स्थापना गरी देशमा ७ वटा पुस्तकालय निर्माण गरिसकेको श्रेष्ठले बताइन् ।

नेपाल जर्र्नी नेपाल टिमसँग सहकार्य गर्दै आफूले देशमा धेरै राम्रो परियोजनाहरु सुरु गरेको भन्दै उनले यो पुस्तकालय निर्माणमा स्थानीयको धेरै भन्दा धेरै सहभागिता र साथ रहनुपर्ने बताइन् ।

५ करोडको लागतमा २ वर्ष भित्र सक्ने गरी निमार्ण हुन लागेको पुस्तकालय नेपालकै नमुना हुने आर्थिक ब्यवस्थापन समिति अन्तर्राष्ट्रिय संयोजक राजिव श्रेष्ठले बताए ।

नेपाल र विदेशका दक्ष इन्जिनियरले डिजाइन गरेको पुस्तकालय भुइँतला र १ तला गरी ८ हजार इस्क्वाईर फिटमा निर्माण हुनेछ । अमेरिकामा रहेका नेपालीहरुले यो परियोजनालाई धेरै महत्वपूर्ण परियोजना मानेर यसको निर्माणका लागि सबै टिम सक्रिय पूर्वक लागेको अन्तर्राष्ट्रिय संयोजक भानु खरेलले बताए ।

‘नेपाल जर्नी संस्थाको शैक्षिक परिकल्पना, अपांगमैत्री सार्वजानिक पुस्तकालय स्थापना’ भन्ने मूल मन्त्रका साथ निर्माण थालेको यो पुस्तकालयमा कम्युटर ल्याब, बुक सेक्सन, योग हल, वेटिङ कक्ष, अध्ययन कक्ष, सेमिनार हल र अत्याधुनिक प्रोजेक्टरहरु लगायत विभिन्न युनिभर्सिटीका नयाँ तथा पुराना पुस्तकहरु हुनेछन् । भवनमा एलिभेटरको माध्यमबाट सजिलै तलमाथि जान सकिनेछ ।

कार्यक्रममा वरिष्ठ उत्प्रेरक विजयराज सिग्देल, भरतपुर महानगरका प्रवक्ता अरुणपीडित भण्डारी, वडा नम्बर ४ का अध्यक्ष हरिप्रसाद आचार्य, चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँंडेल, अपांग जागरण अभियानका अध्यक्ष अम्बिकालाल श्रेष्ठ, नेपाल जर्नी संस्थाका महासचिव धनकुमार श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

भवन निर्माणका लागी स्थानीय सामाजिक अगुवा शिव लामिछानेको संयोजकत्वमा निर्माण समिति समेत चयन गरिएको छ । नेपाल जर्नी संस्थाका नेपाल अध्यक्ष प्रकाश सिग्देलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>