Breaking News

चितवनमा आज थपिए १७ कोरोनाका नयाँ संक्रमित, हालसम्म मृतकको संख्या ४२९ पुग्यो

Banner

चितवन, कात्तिक ३०-

चितवनमा पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय चितवनको अनुसार भरतपुर महानगरपालिकाको १०, खौरहनी नगरपालिकाको एक, रत्ननगर नगरपालिकाको तीन, राप्ती नगरपालिकाको दुई र कालिका नगरपालिकाको एक गरी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै आज ४५९ जनाको पिसियार परिक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो भने एक जनाको एन्टिजेन परिक्षण गर्दा कसैमा संक्रमण पुष्टि भएको थिएन ।

हाल चितवनमा कोरोना सक्रिया संक्रमितको संख्या २१८ रहेको छ जसमध्य विभिन्न अस्पतालको आइसोलेसनमा ११ र होम आइसोलेसनमा २०७ जना रहेका छन् ।

२६८४७ संक्रमित मध्य २६२०० जना संक्रमण मुक्त भएका छन भने जनाको कोरोना संक्रमणबाट ४२९ जनाको मृत्यु भएको कार्यालयको सूचनामा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>