चितवन विशेष

चितवनकी पत्रकार अर्याललाई योगमाया स्मृति सम्मान

Banner

चितवन, कात्तिक ३०-

चितवनकी पत्रकार सिर्जना अर्याल योगमाया स्मृति सम्मानबाट सम्मानित भएकी छन् ।

नेपालकी चर्चित समाज सुधारक योगमायाको बारेमा विभिन्न सञ्चार माध्यमबाट प्रचारप्रसार गर्नमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै उनलाई योगमाया प्रतिष्ठान विराटनगरले सोमबार सो सम्मान प्रदान गरेको हो ।

भरतपुरको शारदा नगरमा रहेको रेडियो साइनोको सञ्चालकसमेत रहेकी पत्रकार अर्याल पत्रकार महासंघकी केन्द्रीय सचिव हुन् । भोजपुर जिल्लामा जन्मिएकी योगमायालाई समाजसुधारक र भ्रष्टचारविरोधी विरंगानाको रुपमा लिने गरिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>