देश/प्रदेश

विद्युतीय चुल्हो र बस सञ्चालनमा सरकारले प्रोत्साहन गर्ने : प्रधानमन्त्री देउवा

Banner

काठमाडौँ, कात्तिक ३०

प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्ने बताउनुभएको छ ।

मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (ईपान)को १९ र २० औँ साधारणसभामा बोल्दै प्रधानमन्त्री देउवाले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालन गर्नुपर्ने बताउन भएको होे ।

त्यस्तै उहाँले विद्युतीय चुल्हो र बस सञ्चालनका लागि उद्यमी, व्यवसायीहरुलाई सरकार प्रोत्साहन गर्न तयार रहेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले देशभर विद्युतीय सामग्रीहरुको प्रयोगगरी देशलाई नमुना बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले ऊर्जा उत्पादकहरुले खल्तीमा लाइसेन्स लिएर काम नगर्ने गरेको भन्दै काम गर्न पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो –‘हामीले किन यो ग्याँसको चुल्हो बाल्ने ?

हामीसँग यति विद्युत छ कि हामी व्याट्रीबाट गाडी चलाउन सक्छौँ । बस चलाउन सक्दछौँ । हाम्रो चुल्हो पनि इलेक्ट्रिक चुल्हो हुन सक्दछ । हामी नेपालभरी नै बिस्तार बिस्तार यता जानुपर्ने देउवाले भने ।

त्यस्ता जो उद्यमी हुनुहुन्छ, व्यापारी हुनुहुन्छ त्यस्तालाई इन्सेन्टीभ दिन तयार छौँ । काठमाडौंमा कमसेकम व्याट्रीबाट गाडीहरु सञ्चालन गरौँ । घरमा खाना पकाउने इलेक्ट्रिक चुल्हो बनाउ । भोली तराइ, मधेश सबै ठाउँमा इलेक्ट्रिक बस चलाउन सक्यौँ भने नेपाल नमुना बन्न सक्दछ । उद्योगपतिहरुलाई के भन्न चाहान्छु भने, तपाईहरु सुरु गर्नुस् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>