देश/प्रदेश
मुगुमा भीषण आगलागी, पीडितलाई राहत उपलब्ध गराउने प्रदेश सरकारको घोषणा
०

कालिकोट,कात्तिक ३०-
मुगुको सदरमुकाम गमगढीमा भीषण आगलागी भएको छ । गमगढीमा राति साढे १२ बजेदेखि आगो लाग्दा १८ घर र तीनवटा घुम्ती पसल जलेर नष्ट भएको हो ।
त्यस्तै कर्णाली प्रदेश सरकारले मुगु सदरमुकाम गमगढी बजारका आगलागी पीडितलाई राहत उपलब्ध गराउने घोषणा गरेको छ ।
मुख्यमन्त्री जीवनबहादुर शाहीले मंगरबार एक विज्ञप्ति जारी गर्दै क्षतिको विवरण संकलनपछि प्रदेश सरकारले तत्काल राहत प्याकेजको घोषणा गर्ने बताएका हुन् ।
अहिले स्थानीय प्रशासनले क्षतिको विवरण संकलन सुरु गरिरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























