क्रिकेट

नेपाली महिला क्रिकेट टोलीले कतारसंग टि–२० खेल्दै

Banner

काठमाडौँ, कात्तिक ३०–

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आज (मंगलबार) कतारविरुद्ध पहिलो टि–२० अन्तर्राष्ट्रिय खेल खेल्दैछ ।

दोहामा हुने खेल नेपाली समय अनुसार अपरान्ह ३ः४५ बजे सुरु हुनेछ । टि–२० विश्वकप छनोटको तयारीमा रहेको नेपाली महिला टोली तीन टि–२० सिरिजका लागि कतार प्रस्थान गरेको हो ।

तुलनात्मक रुपमा नेपाल भन्दा कमजोर रहेको कतारविरुद्ध नेपाली टोलीले व्याटिङमा सुधार गर्ने लक्ष्य राखिएको छ । नेपालको ओपनिङ अनुभवी ब्याटर सीता राना मगर र ज्योति पाण्डेले गर्नेछन् ।

नेपाली महिला टोलीः

रुबिना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, डली भट्ट, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्याति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, रोमा थापा र सङ्गीता राई ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>