Breaking News

नेपाल प्रहरीका ८ उपरीक्षकलाई एसएसपीमा बढुवा

Banner

काठमाडौँ, कात्तिक ३०-

नेपालका प्रहरी उपरीक्षक (एसपी) लाई वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा गर्न बढुवा समितिको सचिवालयले सिफारिस गरेको छ।

गृह मन्त्रालयमा हिजो साँझ बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार जनपद समूहतर्फ ८ जनालाई बढुवा गर्न सिफारिस गरेको हो।

बढुवा सिफारिस सूची नेपाल प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ अनुसार गरिएको समितिले जनाएको छ।

त्यस्तै समितिले विकास राज खनाललाई एक नम्बरमा एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको र अन्यमा योग बहादुर पाल, सुदीप राजभण्डारी, राजेन्द्र सिंह खड्का, टिका बहादुर केसी, अनुराग कुमार द्विवेदी, ध्रुवराज राउत र भोलाबहादुर रावल रहेका छन्।

बढुवा सम्बनधी सिफारिस सुची :-

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>