चितवन विशेष

चितवनको टिकौंली जंगलमा हेटौंडाका एक पुरुषको शब भेटियो

Banner

चितवन, कात्तिक २९-

चितवनको टिकौली जंगलमा एक पुरुषको शब भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीका अनुसार हेटौंडा उपमहानमगरपालिका – ९ बस्ने ६३ वर्षीय ज्ञानबहादुर अधिकारीको शब आज बिहान भेटिएको हो ।
उनको शब भरतपुर महानगरपालिका– ९ को पूर्वपश्चिम राजमार्गबाट करिब ५० मिटर भित्र टिकौली जंगलमा भेटिएको प्रहरीले जनाएको छ । त्यस्तै बिहान जंगलमा घास काट्न जाने स्थानीयले खबर गरेपछि जिल्ला प्रहरी कार्यालएको टोली त्यहाँ पुगेको थियो ।

करिब १४\१५ दिनदेखि घरबाट सम्पर्क बिहिन रहेका अधिकारीको शब आज सडेको अवस्थामा भेटिएको प्रहरी प्रवक्ता अधिकारीले नारायणी अनलाइनलाई जानकारी दिए । त्यस्तै उनको शब भरतपुर अस्पतालमा पोष्टमार्टमको लागि राखिएको र शब आफन्तलाई बुझाउने प्रकियामा रहेको समेत अधिकारीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>