Breaking News

एमाले महाधिवेशनः प्रतिनिधिलाई सौराहाका व्यवसायीले दिए ५० प्रतिशतसम्म छुट

Banner

चितवन,कात्तिक २९-

सौराहाका व्यवसायीहरुले नेकपा एमालेका महाधिवेशन प्रतिनिधिहरुलाई लक्षित गरी ५० प्रतिशतसम्म छुट दिने घोषणा गरेका छन् । एमालेको १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सौराहामा हुने भएपछि स्थानीय व्यवसायीले छुटको घोषणा गरेका हुन् । नारायणगढस्थित नारायणी नदी किनारमा उदघाटन समारोह र सौराहामा बन्दसत्र गर्ने निर्णय एमालेले गरिसकेको छ । यससँगै सौराहामा चहलपहल थप बढेको छ । एमाले नेताहरु दिनहुँजसो सौराहा आउने र जानकारी लिने गर्न थालेका छन् भने व्यवसायीहरु पनि आ–आफ्नो तयारीमा व्यस्त छन् ।

एमाले महाधिवेशनको बन्दसत्र सौराहामा हुने भएपछि होटेल व्यवसायीहरुले मंसिर ९ गतेदेखि १३ गतेसम्म सौराहामा हुने गोष्ठी, विवाह, सेमिनार लगायतका अन्य सबै कार्यक्रमहरु स्थगित गरेका छन् । एमालेले बुक गरेका होटलमा ५० प्रतिशतसम्म छुट दिइएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए । बिहानको नास्ता र बेलुकाको खानाको दर र मेनु सबै होटलमा एकै प्रकारको गरिने क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष भट्टराईले बताए ।

होटलको स्तर अनुसार कोठालाई ए, बी र सी गरेर वर्गीकरण गरिएको छ । एमाले प्रतिनिधिहरुलाई बेलुकाको खाना र बिहानको नास्ता बसेकै होटलमा खुवाउने तय भएको छ । बिहानको खाना भने बन्दसत्र हुने होटलमा नै प्रवन्ध मिलाइएको छ ।

सवारी साधन पार्किङका लागि दुई बिघा क्षेत्रफलमा व्यवस्थापन गरिँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>