अन्तर्राष्ट्रिय

युरोपमा फेरि संक्रमण दर बढ्नसक्ने, अष्ट्रियामा पुन : लकडाउन

Banner

काठमाडौँ, कात्तिक २९-

युरोपेली देश अष्ट्रियामा आजबाट कोरोनाविरुद्धको पूर्ण खोप नलगाएका करिब दुई लाख नागरिकहरुलाई लक्षित गरी लकडाउन सुरु गरिएको छ ।
अष्ट्रियामा हालसम्म कूल जनसंख्याको ६५ प्रतिशतले मात्रा पूर्ण खोपको लगाएका छन् । देशमा पछिल्लो केही हप्तायता संक्रमण फेरि बढ्दै गएको देखिएकोले पुन : लकडाउन सुरु गरिएको हो।

१२ वर्षभन्दा माथिका खोप नलगाएका व्यक्तिहरूलाई नोकरी गर्न, खानेकुरा किन्न, खोप लगाउन, डाक्टरलाई भेट्न बाहेक हिंडडुल गर्न पाउने छनै। पहिलो डोज लगाएकाहरु पनि कोरोना परीक्षण नेगेटिभ रिपोर्ट भएमा मात्र हिंडडुल गर्न अनुमति छ ।

विश्व स्वास्थ्य संगठनले युरोपमा फेरि कोरोना संक्रमणको दर बढ्नसक्ने भन्दै चिन्ता व्यक्त गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>