Breaking News

चितवनमा आज तीन कोरोना संक्रमित थपिए सँगै नेपालका ३०६ जनामा संक्रमण पुष्टि

Banner

काठमाडौँ, कात्तिक २८-

चितवनका तीन जना गरी पछिल्लो २४ घण्टामा नेपालमा ३०६ जना कोरोना संक्रमित थपिएका छन् ।

८ हजार ८ जनाको पीसीआर परीक्षण गर्दा २९१ जना र १ हजार ५ सय ९८ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जना गरी ३०६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा चितवनका एक जना गरी कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । त्यस्तै ३४८ जना भने संक्रमण मुक्त भएर घर फक्रिएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २१५ जना रहेका छन् । जसमध्ये ६ हजार ६९९ जना होम आइसोलेसनमा रहेका छन् भने ५१६ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

आज ३०६ संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ९ लाख १२ हजार ५३ पुगेको छ । ६ जनाको मृत्यु भएसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४७७ पुगेको छ भने ७ लाख ९८ हजार २७४ जना संक्रमणमुक्त भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>