चितवन विशेष

सौराहा प्रवेशद्धार चित्रसारीमा आजदेखि एकादशी मेला

Banner

चितवन, कात्तिक २८–

चितवनको पर्यटकिय नगरी सौराहाको प्रवेशद्धार चित्रसारी मन्दिरमा आजदेखि एकादशी मेला सुरु भएको छ ।

हरेक वर्ष चित्रसेन बाबा मन्दिर चित्रसारीमा एकादशी मेला लाग्ने गर्दछ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसका कारण गत वर्ष बन्द गरिएको एकादशी मेला यस वर्ष पुनः सञ्चालन भएको हो ।

मेलालाई ब्यवस्थीत र भब्य रुपममा सफल बनाउनको लागि स्वंयम सेवकहरु परिचालन गरिएको चित्रसने बाबा मन्दिर संरक्षण समितिका अध्यक्ष बलराम महतो जानकारी दिनुभयो । मेला ३ दिनसम्म संचालन हुने छ ।

हरिबोधनी एकदशीका दिनब्रत बस्दा मनोकामना पुरा हुने धार्मिक मान्यता रही आएको छ ।

एकादशी सांस्कृतिक महोत्सव

मैनाहा टोल विकास संस्थाले मेलाकै अवसार पारेर कार्तिक २९ गते भोलिदेखि दोस्रो एकादशी साँस्कृतिक महोत्सव २०७८ गर्ने जनाएको छ । राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति, भाषा, संस्कृतिक नेपालको पहिचान भन्ने नारा सहित महोत्सव २ दिनसम्म संचालन हुने छ।

महोत्सवमा चर्चित गायक गायिकाहरुको प्रस्तुती रहने छ । राष्ट्रिय तथा चर्चित गायक मिलन लामा, मनोज महतो, अनु चौधरी, अमित सिंह, रोहित सिंह चौधरीको प्रस्तुती रहने सांस्कृतिक संयोजक नितेजजंग चाधरीले जानकारी दिनुभयो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>