Breaking News
नेपाल रेडक्रस सोसाइटीमा मनपरी, हुलदंगा र तोडफोडले विधान महाधिवेशन स्थगित
०

काठमाडौं, कात्तिक २८-
हुलदंगा र तोडफोड भएपछि नेपाल रेडक्रस सोसाइटीको विधान महाधिवेशन स्थगित भएको छ ।
थापाथलीस्थित कार्की ब्यांक्वेटमा आयोजित महाधिवेशनमा असन्तुष्ट समूहले हुलदंगा गर्दै तोडफोड गरेपछि स्थगित गरिएको हो ।
गैरप्रतिनिधिहरुको समूहले महाधिवेशनस्थलमा होहल्ला गर्दै कुर्सिहरु तोडफोड गरेपछि महाधिवेशन अनिश्चितकालका लागि स्थगित भएको नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष नेत्रप्रसाद तिम्सिनाले बताए ।
१६ वटा जिल्ला समिति विघटन गरी आफूखुसी तदर्थ समिति गठन गरिएको भन्दै असन्तुष्ट पक्षले तोडफोड गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । विघटित जिल्लाहरुबाट प्रतिनिधिहरु पहिचान नगरी विशेष महाधिवेशन हुन नसक्ने असन्तुष्ट पक्षको भनाइ थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























