Breaking News

मुस्ताङमा आज हिमपहिरो जाँदा ९ जना घाइते

Banner

मुस्ताङ, कात्तिक २८-

आज दिउँसो मुस्ताङको कोबाङ क्षेत्रमा रहेको मानापाथी हिमालमा ठूलो हिमपहिरो गएको छ ।

उक्त हिमपहिरोको डरले भागदौड गर्दा मानापाथी हिमालको फेदी थासाङ गाउँपालिका– २ को जनआदर्श माविका शिक्षक र विद्यार्थी गरी नौँ जना सामान्य घाइते भएका र उनीहरुलाई जिल्ला अस्पतालतर्फ ल्याइएको डीएसपी दानीले जानकारी दिए ।

त्यस्तै नजिकै हिमपहिरो खसेपछि भागदौड भए पनि विद्यालयमा असर भने परेको छैन ।

हिमपहिरोका कारण कुनै क्षति भएको वा नभएको पुष्टि भएको छैन । सो क्षेत्र जिल्ला सदरमुकामदेखि २५ किलोमिटर भन्दा टाढा पर्ने र प्रहरी टोली त्यसतर्फ पठाइएको डीएसपी दानीले जानकारी दिए । ‘प्रहरी त्यहाँ पुग्दैछ, विवरण आएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>