Breaking News

नवलपरासीमा रहेको नेपालकै ठूलो होङ्शी सिमेन्ट उद्योगमा पुग्यो बिजुली

Banner

नवलपरासी, कात्तिक २८-

चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालनमा रहेको होङ्शी सिमेन्टमा राष्ट्रिय प्रसारणको विद्युत पुगेको छ।

नेपाल विद्युत प्राधिकरणले बर्दघाटमा रहेको सबस्टेसनबाट बर्दघाट-सर्दी १३२ केभी प्रसारण लाइनमार्फत उद्योगलाई शनिबारबाट विद्युत आपूर्ति गराको हो ।

नेपाल विद्युत प्राधिकरणका सञ्चालक भक्तबहादुर पुन, कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायतको टोलीको उपस्थितिमा प्रसारण लाइन तथा सबस्टेसन शनिबार राति ९ बजे चार्ज गरी उद्योगलाई विद्युत आपूर्ति गराइएको थियो ।

त्यस्तै अहिलेसम्म उद्योग थर्मल प्लान्टबाट उत्पादित बिजुलीमा निर्भर थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>