Breaking News

मेडिसिटी अस्पताल भर्ना भएका प्रचण्ड आज डिस्चार्ज हुने

Banner

काठमाडौँ,कात्तिक २८-

स्वास्थ्य अवस्था असामान्य भएपछि अस्पताल भर्ना भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज डिस्चार्ज गरिने भएको छ । एक्कासि बान्ता र रक्तचाप उच्च भएपछि उनलाई शनिबार ललितपुरको मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।

चिकित्सकहरूको निगरानीमा राख्नु पर्ने भएकाले अस्पतालमा भर्ना गरिएको उनका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए । ‘त्यस्तो गम्भीर केही होइन, सामान्य अवस्था नै हो तर बान्ता नै भएपछि उहाँलाई अस्पताल लगिएको हो,’ उनले भने, ‘स्वास्थ्यमा त्यस्तो गम्भीर समस्या देखिएको छैन, सामान्य नै छ । आज डिस्चार्ज हुनुहुन्छ ।’

हालैमात्र डोल्पा लगायत विभिन्न जिल्लाको भ्रमण गरेका प्रचण्डलाई काठमाडौँ फर्केपछि स्वास्थ्यमा समस्या देखिएको थियो । उनको सचिवालयले अस्पतालमा केही घण्टाको आरामपछि उनलाई आज डिस्चार्ज गरिने बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>