Breaking News

रौतहटमा कार दुर्घटना, चार भारतीय नागरिकको मृत्यु

Banner

रौतहट, कात्तिक २८–

रौतहटमा गयराति कार दुर्घटना हुँदा चार जना पुरुषको मृत्यु भएको छ ।

यमुनामाई गाउँपालिका–५ जुनखुनुवामा राति करिब १० बजेको समयमा भारतीय नम्बरको कार दुर्घटना भएको हो । युके १२ सी २९०० नम्बरको कार सडक तलको खाल्डोको पानीमा डुबेको अवस्थामा फेला परेको एसपी विनोद घिमिरेले जानकारी दिए ।

कारको सिसा फोडेर चार जना पुरुषलाई बाहिर निकालेर अस्पताल पुर्‍याईएको थियो । अस्पताल पुर्याएलगत्तै डाक्टरहरुले चारै जनाको मृत्यु भएको घोषणा गरेको एसपी घिमिरेले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>