Breaking News
चितवनबाट भण्डारण गरेको अवस्थामा झण्डै दुई क्विन्टल लागुऔषध चरेश बरामद, तीन जना पक्राउ
०
चितवन, कात्तिक २७-
चितवनको रत्ननगरबाट प्रहरीले झण्डै दुई क्विन्टल लागुऔषध चरेश बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय रत्ननगरबाट खटिएको प्रहरी टोली रत्ननगर नगरपालिका–१४ शान्तिचोकबाट एक क्विन्टल ८४ केजी चरेस आज बरामद गरेको हो । चितवन प्रहरीका प्रवक्ता सूर्यबहादुर थापाले पसलमा भण्डारण गरेको अवस्थामा चरेश बरामद भएको नारायणी अनलाइनलाई जानकारी दिए ।
त्यसैगरी इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले लागुऔषध चरेशसहित तीन जना पक्राउ परेको बताए । प्रहरीले पक्राउ परेका मानिसहरुको नाम र ठेगाना खुलाएको छैन । प्रहरी नायब उपरीक्षक रानाले भने, ‘अहिले हामी अन्य अभियुक्तको खोजीमा नै छौं । घटनाको थप अनुसन्धान भइरहेको छ । तसर्थ पक्राउ परेका मानिसहरुको नाम सार्वजनिक गर्दैनौं । अन्य अभियुक्त भाग्ने खतरा रहन्छ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























