Breaking News

प्रचण्डको एक्कासी ब्लडप्रेसर बढ्यो, मेडिसिटी अस्पताल भर्ना

Banner

चितवन, कात्तिक २७-

एक्कासी प्रेसर बढेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन्।

शनिबार दाहाललाई मेडिसिटी अस्पताल भर्ना गरिएको उनको पारिवारिक स्रोतले जनाएको हो ।

‘हिजोदेखि स्वास्थ्यमा समस्या आएको खबर पाएँ, म काठमाडौं जाँदैछु,’ प्रचण्डकी छोरी तथा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भनिन् । प्रचण्डको रक्तचाप बढेको उनले बताइन् । शनिबार बान्ता गरेपछि भने प्रचण्डलाई मेडिसिटी लगिएको हो । दाहालको स्वास्थ्य अवस्थाबारे आफूलाई अहिले विस्तृत विवरण प्राप्त भइनसकेको उनले बताइन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>