देश/प्रदेश

नेता नेपालले पार्टी निकट पत्रकारहरुलाई जाँडरक्सी नखान दिए निर्देशन

Banner

काठमाडौँ, कात्तिक २७-

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी निकट पत्रकारहरुलाई जाडरक्सी नखान निर्देशन दिएका छन् ।

अध्यक्ष नेपालले पार्टी निकट पत्रकारहरुले रक्सी खाएको थाहा पाए आफूले राम्रो नमान्ने बताए ।

पार्टी निकट समाजवादी प्रेस संगठन, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले जाडरक्सी खाँदै नखान र राम्रो काम गरेर देखाउन पनि पत्रकारहरुलाई आग्रह गरे ।

अध्यक्ष नेपालले भने, ‘तपाइँहरुमा पनि साँझ पर्ने वित्तिकै पाँचतारे होटल धाईधाईकन नखाइकन निन्द्र नलाग्ने अवस्था पक्कै पनि छैन होला । यो कुरा भएको थाहा पाए भने म राम्रो मान्दिन । तपाइँको स्वास्थ्यलाई पनि काम गर्छ । म सझुाव दिन चाहन्छु–रक्सीले मान्छेको स्वास्थ्य खत्तम पार्छ । आयु घटाउँछ, रोग निम्त्याउँछ । रोगी बन्नु हुन्छ तपाइँ । तपाइँको पैसाको दुरुपयोग हुन्छ । तेस्रो घर कलह सुरु हुन्छ । त्यसपछि तपाइँको खराव बानी व्यहोरा छोराछोरीमा जाने डर हुन्छ । त्यसैले समाजमा ठूलो विकृति बढ्छ । समाजमा कलह पैदा हुन्छ । त्यसो हुनाले व्यक्तिको प्रतिष्ठा बढ्दैन । सम्मान बढ्दैन । जाडरक्सी खायो भने प्रतिष्ठा बढ्ला भन्ने नठान्नु होला । बिहान उठ्ने वित्तिकै एक प्याक ल्याउ भन्नेहरु हुन्छन् । त्यो हो भने ठिक हुँदैन । खाँदै नखानुस् पहिलो कुरा । नखाए तपाईँको वेट घट्दैन । राम्रो चिज खानुस् । राम्रो स्वास्थ्य बनाउनुस् । तगडा हुनुस् । दिगाग तिखो बनाउनु र राम्रो काम गर्नुस् ।’

अध्यक्ष नेपालले लेखनमा, भाषणमा र नयाँ सूचना प्रवृतिको प्रयोगमा शक्ति आर्जन गर्न पनि पार्टी निकट पत्रकारहरुलाई आग्रह गरे । उनले आफ्नो पार्टीले जनतालाई न्याय, समानता र समृद्धि दिलाउने गरी समाजवादको यात्रा तय गरेको दाबी गरे । त्यसका लागि अहिले पनि व्यक्तिवाद, निरंकुशतावादविरुद्धको लडाई लडिरहनु परेको अध्यक्ष नेपालको भनाइ थियो ।
फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>