Breaking News

भद्रगोल भरतपुरको केन्द्रीय बसपार्क : रातभर अन्धकार, सफा छैन शौचालय

  • Logo
    app haru
  • २५ कार्तिक २०७८, बिहिबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, कार्तिक २५ –
भरतपुरमा रहेको केन्द्रीय बसपार्क टर्मिनल (पारस बसपार्क) अझै व्यवस्थित हुन सकेको छैन । भरतपुर महानगरअन्तर्गत रहेको उक्त बसपार्कको अवस्था एकदमै बिजोक र नाजुक छ ।

बसपार्कमा रातको समयमा बत्ति बल्दैन । पोलमा बत्ति त राखिएका छन्, तर जुनकुरीले जत्तिको पनि उज्यालो दिँदैनन् ती बत्तिले । लामो दुरीको यात्रा गरी बसपार्क ओर्लिएका यात्रु रातको समयमा डराउने गर्दछन् । राति बसपार्कम झरेका एक यात्रुले भने, ‘के हो यस्तो डरलाग्दो बसपार्क । समानहरु टन्नै छन् । लाइन गएको हो की बत्ति नबलेको हो । लुटपाट त हुँदैन होला नी बाबु यता ?’

बसपार्कको शौचालय पसिनसक्नु छ । शौचालय छिर्दा शुल्क लिने गरिन्छ । तर शौचालय कुनै पनि बेला सफा देखिँदैन । शौचालयका ढोकाहरु बन्द हुँदैनन् । टुटफुट अवस्थामा छन् शौचालय भित्रका संरचनाहरु । प्यानेल सिटहरु फुटेका छन् । पानीको पनि उचित व्यवस्था छैन । तर कार्यालयभित्र कर्मचारीले प्रयोग गर्ने शौचालय भने सफा देखिन्छन् ।

यस्तै बसपार्क वरीपरी फोहोरका थुप्रैथुप्रा छन् । बसपार्क वरीपरीको फोहोरका कारण बसपार्क आसपासका होटलहरुमा ग्राहक कम आउने गरेको होटल व्यावसायीहरुले गुनासो गरेका छन् ।
एक खाजा पसल सञ्चालकले भने, ‘हामीले जति सफा गरे पनि बसपार्क वरीपरी र शौचालय फोहोर देखेर मानिसहरु खाजा खानै खोज्दैनन् । बसपार्कलाई न महानगरले व्यवस्थापन गर्न सक्यो न जिम्मा लिएको ठेकेदारले ।’ यस्तै रातको समयमा अन्धाकार हुँदा होटलमा यात्रुहरु आउन डराउने गरेको अर्का होटल व्यावसायीले दुखेसो पोखे ।

यस्तै बसपार्कको कार्यालयमा झ्याल फुटेका छन् । त्यसको मर्मत नहुँदा आफूहरु त्रासमा काम गर्नुपर्ने अवस्था रहेको कर्मचारीहरुले समेत गुनासो गरेका छन् ।

के गर्दैछ भरतपुर महानगर ?

भरतपुर महानगरले उक्त बसपार्क हेर्ने ठेक्का शिलबन्दी बोलपत्र (टेण्डर) प्रक्रियामार्फत आर्जन कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालिलाई दिएको छ ।

आर्जन कन्ट्रक्सनका सञ्चालक शिव संकर उप्रेतीले आफूहरुले बसपार्क हेर्ने जिम्मा लिएको तीन महिनामात्र भएको बताए । त्यसअघि महानगरले नै आफै बसपार्क हेर्दै आएको थियो ।

उप्रेतीले बसपार्क अव्यवस्थित रहेको स्वीकार गरे । उनले भने, ‘हामीले ठेक्का पाउने बित्तिकै भरतपुर महानगरसँगै आएर बसपार्कको संयुक्त अनुगमन ग¥यौं । अनुगमनमै बसपार्क अत्यन्तै नाजुक तथा अव्यवस्थित भएको निष्कर्ष निकालेका थियौं । हामीले उतिबेलै महानगरलाई शौचालय मर्मत र नयाँ बत्ति जडान गर्न भनेका थियौं ।’

उनले आफूहरुको काम राजश्व उठाउने र सवारी दर्ता गर्ने मात्र भएको बताउँदै बसपार्कभित्र संरचना बनाउने काम महानगरको भएको बताए ।

उनले भने ‘हामीले गाडीबाट राजश्व संकलन गरेर महानगरपालिकालाई जम्मा गरिदिने हो । त्यसमा तोकिएको रकमभन्दा माथि आम्दानी भएमामात्र हामीले लिने हो । नोक्सानमा गयो भने हामीले व्यहोर्ने हो ।’ तीन वर्षमा भरतपुर महानगरलाई १२ करोड ५० लाखभन्दा माथि बुझाउने गरी ठेक्का सम्झौता भएको उप्रेतीले जानकारी दिए ।

आफू स्थानीय पनि भएको बताउँदै उप्रेतीले अब बसपार्कलाई व्यवस्थित बनाउँदै लैजान सक्दो प्रयास गर्ने बताएका छन् । ‘म यही टोलको अध्यक्ष पनि हो । सम्झौता गर्नुअघि पहिलापहिला पनि मैले बसपार्क व्यवस्थित गनुप¥यो भनेर महानगरमा गएर धेरै आवाज उठाएको छु । अब जिम्मेवारीमा आएपछि व्यवस्थित बनाएरै छाड्छु’ उनले भने ।

बसपार्क आसपासका एक स्थानीयले बसपार्क सुधारमा महानगरदेखि यहाँका जनप्रतिनिधि कसैको ध्यान नजाँदा समस्या समाधान हुन नसकेको बताए । ती स्थानीयले यसअघि स्थानीयको पटकपटको दबाबपछि नै बसपार्कमा शहरी विकासमार्फत ढलाइ गरिएको बताए ।

भरतपुर महानगरका प्रवक्ता अरुणपीडित भण्डारीले बसपार्कमा रहेको समस्याबारे भोलि नै निरीक्षण गरेर समस्या समाधानमा लाग्ने बताएका छन् । उनले बसपार्कमा समस्या रहेको स्वीकार गर्दै यसलाई दु्रत मार्गबाट समाधानको उपाय खोजिने नारायणी अनलाइनलाई बताएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>