Breaking News

एमाले अघि नै चितवनमा मालेको महाधिवेशन गर्दै सीपी मैनाली

Banner

चितवन, कात्तिक २५–

चितवनमा नेकपा (एमाले)को चुनावी सरगर्मी बढिरहेको बेला नेकपा (माले)को पनि आठौँ राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ ।

महाधिवेशन आयोजक मुल समितिले आज (बिहीबार) नारायणगढमा पत्रकार सम्मेलन गरि कात्तिक २७ देखि २९ गतेसम्म चितवनमा महाधिवेशन गर्न लागिएको जानकारी दिएको हो ।

नारायणगढस्थित नारायणी कला मन्दिरमा हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुको साथै स्थायी कमिटी, पोलिटव्युरो र विभिन्न विभागहरु गठन गरि घोषणा पत्र जारि गरिने पार्टीका स्थायी कमिटी सदस्य एवंम महाधिवेशन आयोजक मुल समितिका संयोजक दिननाथ घिमिरेले जानकारी दिए । ‘तीन दिन महाधिवेशन हुनेछ, पहिलो दिन उद्घाटन र बाँकी दुई दिनमा प्रतिवेदन माथि छलफल र नयाँ नेतृत्व चयन गरिने छ’–घिमिरेले भने ।

तीन दिनसम्म चल्ने महाधिवेशनको पार्टीका महासचिव सीपी मैनालीले समुद्घाटन गर्नेछन् । महाधिवेशनमा देशभरबाट कुल ३०० प्रतिनिधि सहभागि हुने संयोजक घिमिरेले जानकारी दिए । केन्द्रीय कमिटी ७५ सदस्यीय हुने भएको छ भने ११ स्थायी कमिटी सदस्य र २१ जना पोलिटव्युरो सदस्य चयन गरिने छ । यस्तै महाधिवेशनमा राजनीतिक, पार्टी बिधान, नेपाल चिन्तनलगायतका ८ वटा प्रतिवेदनमा छलफल हुनेछ । महाधिवेशनको समुद्घाटन सत्र अघि झाकी सहितको ¥यालि निकालिने छ ।

महाविधेशनको तयारी अन्तिम चरणमा पुगेको पोलिटव्युरो सदस्य एवं महाधिवेशन मुल आयोजक समितिका सहसंयोजक भगवती घिमिरेले जानकारी दिइन् । ‘हामी महाधिवेशनको अन्तिम तयारीमा छौं, सफल पार्न सबैको साथ र सहयोगको अपेक्षा गर्दर्छौ’–घिमिरे भनिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>