Breaking News
रोजगारी गुमेका अतिविपन्न ५ लाख परिवारलाई निवेदनको आह्वान
०

काठमाडौँ, कात्तिक २५-
सरकारले कोरोना महामारीको समयमा रोजगारी गुमाएकै कारण जीविकोपार्जनको गर्न कठिन भएका अति विपन्न पाँच लाख परिवारलाई राहत रकम लिनका निवेदन दिन आह्वान गरेको छ।
सरकारले राहतस्वरूप रोजगारी र आयआर्जनका अवसर गुमाएका अनौपचारिक तथा असंगठित क्षेत्रका अति विपन्न ५ लाख परिवारलाई १० हजार रुपैयाँ दिन लागेको हो।
यसैको दाबी गरी तोकिएको ढाँचामा निवेदन पेस गर्न अर्थ मन्त्रालयले सम्बन्धित परिवारलाई आग्रह गरेको हो। राहत रकम प्राप्त गर्न आफू स्थायी वा अस्थायी रूपमा बसोको सम्बन्धित वडा कार्यालयमा १५ दिनभित्र निवेदन दिनु पर्ने छ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























