चितवन विशेष
भरतपुरको सप्तगण्डकी अस्पतालले माग्यो कर्मचारी

चितवन, कात्तिक २३
भरतपुरको सप्तगण्डकी अस्पतालले प्रशासकीय अधिकृतदेखि सहायक लेखापालसम्मको कर्मचारी मागेको छ ।
भरतपुर महानगरपालिका—१० एयरपोर्ट चोकमा रहेको सप्तगण्डकी अस्पतालले विभिन्न क्षेत्रका लागि कर्मचारीको माग गर्दै उक्त सूचना जारी गरेको हो ।
अस्पतालले प्रशासकीय अधिकृत (सहायक) का लागि स्नातक तह उत्तीर्ण गरेको एक जना मागेको छ । त्यस्तै उक्त पदको दरखास्तका लागि दस्तुर एक हजार रुपैयाँ लाग्ने जनाइएको छ ।
त्यस्तै हेलथ एसिसटेन्टका लागि सम्बन्धित विषयमा डिप्लोमा उत्तीर्ण गरेको, स्टाफ नर्सका लागि पीसीएल नर्सिङ उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको, सहायक फर्मेसिस्टका लागि फार्मेसीमा डिप्लोमा उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको, सीएमए, एएनएम र एएचडब्ल्युका लागि सम्बन्धित विषयको पढाइ पूरा गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको र सहायक लेखापालका लागि एक जनाव्यवस्थापन स्नातक उत्तीर्ण गरेका केही कर्मचारीका लागि दरखास्त खुलाएको छ । उक्त क्षेत्रको दरखास्त रकम भन ५०० रुपैयाँ रहेको छ । साथै अस्पतालमा कार्यलय सहयोगीका लागि साधारण लेखपढ गर्न जान्ने व्यक्तिको समेत आवसेक रहेको छ ।
त्यस्तै अस्पतालले जारी गरेको सूचका अनुसार दरखास्त बुझाउने अन्तिम मिति मंसिर ३ गते सम्म र दरखास्त बुझाएकाको अन्तवार्ता भने मंसिर ४ गते रहेको छ ।
























