अर्थ

भैँसीगोठमा आगलागी हुँदा, चार लाख ५० हजारको क्षति

Banner

बैतडी, कात्तिक २४-

बैतडीमा आगलागीबाट चार लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ । जिल्लाको मेलौली नगरपालिका–१ मेलसैनीका अशोकसिंह साउँदको भैँसीगोठमा आगलागी हुँदा उक्त मूल्य बराबरको क्षति भएको हो ।

आज बिहान २ बजे भएको आगलागीबाट तीन गाई र एक भैँसी मरेका छन् भने अन्न, लत्ताकपडा, गोठसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । दुईकोठे एकतले पक्की गोठमा लागेको आगो स्थानीय बासिन्दाले करिब तीन घण्टामा नियन्त्रणमा लिएको बताइएको छ ।

विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख बोधराज ओझाले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>