Breaking News

चितवन आउँदै गरेको बस धादिङमा दुर्घटना, ३५ यात्रु घाइते, दुईको अवस्था गम्भीर

Banner

धादिङ,कार्तिक २४-

धादिङको कालुपाण्डे मार्गअन्तर्गत नीलकण्ठ नगरपालिका-८ मा बुधबार भएको बस दुर्घटनामा ३५ जना घाइते भएका छन् । तीव्र गतिमा गुडेको बस साँघुरो घुम्तीमा ठोक्किदा भएको दुर्घटनामा उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

धादिङबेसीबाट चितवन गइरहेको ना ५ ख ३२३५ नंको बस र काठमाडौंबाट धादिङबेँसीहुँदै फूलखर्कतर्फ आउँदै गरेको ना ७ ख ५८२८ नंको बस ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी जागेश्वर भण्डारीले बताए।

दुर्घटनामा घाइते भएका सबैको धादिङ अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये गम्भीर अवस्थाका दुईजनाको थप उपचारका लागि ट्रमा सेन्टरमा पठाइएको छ । बाँकी सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

केही यात्रुलाई बसमा चेपिएको अवस्थामा समेत उद्धार गरिएको थियो । दुर्घटनापछि सडक अवरुद्ध भएको थियो । अवरुद्ध सडकलाई डोजरको सहायताले सवारी साधन हटाएर यातायात सञ्चालन गराइएको बताइएको छ। रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>