देश/प्रदेश

दैलेखका स्वास्थ्यचौकीका लागि २० थान ‘अक्सिजन कन्सन्ट्रेटर’ हस्तान्तरण

Banner

काठमाडौँ, कात्तिक २३-
दैलेख जिल्लाका गाउँगाउँमा कोरोना भाइरस सङ्क्रमणसँग जुध्नका लागि लागि प्राप्त २० थान ‘अक्सिजन कन्सन्ट्रेटर’ हस्तान्तरण गरिएको छ ।

सो स्वास्थ्य सामग्री गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० मुख्यालयबाट हस्तान्तरण भएको हो । राष्ट्रिय जनजाति उत्थान आयोगका पूर्व उपाध्यक्ष तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय कोषाध्यक्ष चन्द्रबहादुर गुरुङको समन्वयबाट एनआरएनए आइसिसी सल्लाहकार त्रिलोक गुरुङको पहलमा हङकङ पूर्वसैनिक सङ्घले स्वास्थ्य सामग्री नेपालको दुर्गम जिल्लाका लागि उपलब्ध गराएको अभियानकर्मी चक्रबहादुृर चन्दले जानकारी दिनुभयो ।

दैलेखका लागि करिब रु २८ लाख मूल्य बराबरको २० वटा अत्याधुनिक अटोमेटिक अक्सिजन कन्सन्ट्रेटरलाई पूर्वमन्त्री कुन्तीकुमारी शाहीको विशेष पहलमा जिल्लाका विभिन्न स्वास्थ्यचौकीमा पठाउन लागिएको हो । यसअघि पनि पूर्वमन्त्री शाहीले कोरोना सङ्क्रमणको बेला जिल्लामा विभिन्न किसिमले सहयोग गर्दै आउनुभएको जनाइएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>