अर्थ

सुनको मुल्यमा सामान्य गिरावट

Banner

काठमाडौँ, कात्तिक २३-

नेपाली बजारमा आज रु २०० रुपैयाँले सुनको मूल्य घटेको छ ।

तिहार सकिए लगतै गत सोमबार एकैदिन अधिकतम एक हजार ५०० रुपैयाँले बढेर ९२ हजार ५०० रुपैयाँ पुगेको सुनको मूल्यमा आज २०० रुपैयाँ घटेर ९२ हजार ३०० रुपैयाँमा कारेवार भएको छ ।

यस्तै, यता तेजाबी सुनको मूल्य समेत आज २०० रुपैयाँले नै घटेर ९१ हजार ८०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने गत सोमबारकै मूल्य कायम हुँदै आज पनि प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>