Breaking News

चितवनमा आज ६ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु, ३ जना संक्रमण मुक्त

Banner

चितवन, कात्तिक २२-

चितवनमा पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय चितवनको अनुसार १४५ जनाको पीसीआर परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भरतपुर महानगरपालिकाका पाँच जना र खैरहनी नगरपालिकाका एक जना गरी ६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालएले जनाएको छ ।

त्यस्तै चितवन मेडिकल कलेजमा आज मकवानपुरका एक कोरोना संक्रमितले ज्यन गुमाएका छन् । चितवनबाट आजे थप ३ जना संक्रमित कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् । त्यस्तै चितवनमा सक्रिय संक्रमितको संख्या २७५ रहेको छ जस मध्या विभिन्न अस्पतालको आईसोलेसनमा १२ र घरको आईसोलेसनमा २६३ जना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>