क्रिकेट

अफगानिस्तानलाई हराउँदै न्यूजील्याण्ड टि–२० विश्वकपको सेमीफाइनलमा

Banner

काठमाडौँ, कात्तिक २१–

अफगानिस्तालाई हराउँदै न्यूजील्याण्ड टि–२० विश्वकप सेमीफाइनलमा प्रवेश गरेको छ । आइतबार साँझ अबुधाबीमा लिग चरणको अन्तिम खेलमा अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै न्यूजील्याण्ड सेमीफाइनलमा प्रवेश गरेको हो ।

अफगानिस्तानले दिएको १२५ रनको लक्ष्य न्यूजील्याण्डले १८.१ ओभरमा २ विकेटको क्षतिमा पुरा गर्‍यो । न्यूजील्याण्डका केन विलियमसन ४० रनमा अविजित रहे । ४२ बल खेलेका विलियमसन ३ चौका प्रहार गरे । डेभन कन्वे ३२ बलमा ३६ रन बनाउँदै अविजित रहे । उनले ४ चौका प्रहार गरे । मार्टिन गुप्टिल २८ र डेरिल मिचेल १७ रनमा आउट भए ।

अफगानिस्तानका मुजीब उर रहमान र राशिद खानले एक/एक विकेट लिए ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको अफगानिस्तान ८ विकेटको क्षतिमा १२४ रन बनाएको थियो । उसका लागि नजिबुल्लाह जद्रानले ७२ रनको अर्धशतकिय पारी खेले । ४८ बल खेलेका जद्रानले ६ चौका र ३ छक्का प्रहार गरे । गुलबदिन नायबले १५ र कप्तान मोहम्मद नाबीले १४ रन बनाए । अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

न्यूजील्याण्डका ट्रेन्ट बोल्टले ३, टिम साउथीले २, एडम मिल्ने, जेम्स निशम र ईश सोधीले एक/एक विकेट लिए ।

युएईमा जारी प्रतियोगिताको सुपर १२ को समूह ‘बी’ रहेको न्यूजील्याण्ड ५ खेलमा ४ जित र एक हारसहित ८ अंकका साथ पहिलो स्थानमा रहेको छ । तर एक खेल कम खेलेको पाकिस्तान समान अंक भए पनि रनरेटको आधारमा दोस्रो स्थानमा छ । आइतबार नै पाकिस्तान र स्कटल्याण्डबीचको खेल हुँदैछ । सो खेलमा विजयी भए पाकिस्तान शीर्ष स्थानमा रहँदै सेमीफाइनल समीकरण पुरा गर्नेछ ।

आजको हारसंगै अफगानिस्तान विश्वकपबाट बाहिरिएको छ भने उपाधिको दाबेदार मानिएको भारत पनि एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>