Breaking News

सल्यान बस दुर्घटना अपडेटः मृतकको संख्या १२ पुग्यो

Banner

सल्यान, कात्तिक २१–

सल्यानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

कपुरकोटमा भएको दुर्घटनामा १० जना पुरुष र २ जना महिला गरी १२ जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले जानकारी दिए । उनका अनुसार घटनास्थलमा ६ जना र अस्पतालमा ६ जनाको गरी १२ जनाको मृत्यु भएको हो । मृत्यु भएकाहरुको सनाखत भइ नसकेको उनले जानकारी दिए ।

सल्यान सदरमुकाम खलंगाबाट दाङको तुल्सीपुरतर्फ गइरहेको ना १ ख १५५२ नम्बरको बस आइतबार विहान ११ बजेतिर कपुरकोट गाउँपालिका–५ स्थित खारखोलामा दुर्घटना भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>